किसानलाई कोदालोदेखि जैविक मलसम्म अनुदान

विराटनगर । उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री जगदिशप्रसाद कुसियैतले किसानहरुलाई कृषि सामग्री हस्तान्तरण गर्नुभएको छ । मन्त्री कुशियैतले कोशी मकै ब्लकमा आवद्ध किसानहरुलाई ठूलो परिमाणमा कृषि सामग्री हस्तान्तरण गर्नुभएको हो ।

सोमबार सुनसरीको कोशी गाउँपालिकामा ७ हरिपुरमा आयोजित एक सय जना किसानलाई ७५ लाख रुपैयाँ बराबरको कृषि सामग्री उपलव्ध गराउनुभएको हो ।

कार्यक्रममा कोशी मकै ब्लक सञ्चालक समिति मार्फत किसानहरुलाई सय थान त्रिपाल, कोदालो स्प्रे मेसिन, १५ थान पम्पसेट, २५ थान बोरिङ, जैविक मल र किटनासक विषाधि उपलव्ध गराइएको थियो । उक्त सामग्रीबाट एक सय बिघा जमिनमा खेती गर्ने किसानलाई राहत भएको बताइएको छ । किसानहरुलाई जैविक मल आदि पनि उपलव्ध गराइएको थियो ।

कृषि ज्ञान केन्द्र सुनसरीले प्रधानमन्त्री कृषि आधुनिकरण ब्लक परियोजनाको सहयोग द्वारा उक्त सामग्री वितरण गरेको हो । वितरित मेसिनमा किसानहरुले ७५ प्रशितशत अनुदान पाएका छन् भने बाँकीमा ५० प्रतिशत अनुदान प्राप्त गरेको बताइएको छ ।