जीवनी

नामः जगदीशप्रसाद कुसियैत
जन्ममितिः २०१६÷०८÷०९ (२४ नोभेम्बर १९५९)
जन्मस्थानः सुनसरी जिल्ला, श्रीपुर जब्दी वडा नं ५, हाल कोशी गाउँपालिका वडा नं.५
बुवाको नामः स्व.फनिलाल कुसियैत
आमाको नामः स्व.कमुरक्षादेवी कुसियैत
श्रीमतीको नामः किरण कुसियैत
दाजुभाइ संख्याः ५ जना,
दिदीबहिनी संख्याः ३,
सन्तानः छोरा १ जना र ३ छोरी तीन जना

राजनीतिमा प्रेरणाः
बुवा स्व. फनिलाल कुसियैत नेपाल कम्युनिष्ट पार्टी (रायमाझी समूह) र बर्मा समूहको कम्युनिष्ट राजनीतिमा रहेको हुँदा उहाँकै प्रेरणाले उहाँ र परिवारको सदस्यहरुको पनि कम्युनिष्ट आन्दोलनमा आवद्ध हुनुभएको हो । बुवा पञ्चायतकालमा तीन कार्यकाल वडाअध्यक्ष, बहुदल कालमा पनि एकपटक वडाअध्यक्ष, त्यसपछि त्यो विरासत स्व. दाजु देवनारायण कुसियैतले लिनुभएको थियो । यस्तै पारिवारिक पृष्ठभूमिबाट राजनीतिक एवम् सामाजिक जीवन सुरु भएको हो ।

पार्टीमा आवद्धः
२०३४ सालदेखि विद्यार्थी संगठनमा आवद्ध, २०३८ सालमा नेपाल कम्युनिष्ट पार्टी बर्मा समूहमा जिल्ला कमिटी सदस्य, २०४० सालमा अञ्चल कमिटी सदस्य, २०४४ सालमा ने.क.पा. वर्मा समूहको राष्ट्रिय परिषद्को सदस्य, २०४७ सालदेखि नेकपा एमालेको जिल्ला कमिटी सुनसरीको सचिवालय सदस्य, त्यसपछि एमालेको अञ्चल कमिटी सदस्य, एमालेबाट राष्ट्रिय परिषद्को सदस्य र ने.क.पा. एमालेको नवौँ महाधिवेशनबाट केन्द्रीय कमिटीको सदस्य हाल २०७५ जेष्ठ ०२ गतेबाट नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा.) केन्द्रीय कमिटीको सदस्य रहनुभएको छ ।

२०७८ साल बैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं महाधिवेशन बाट सुनसरी जिल्लाको ईन्चार्ज रहनु भएको छ।

राजनीतिक पृष्ठभूमि :
नेकपा एमालेको पाचाँै महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रतिनिधि भई जाने गर्नु भएको र २०५५ सालमा एमाले विभाजन भई नेकपा माले बन्दा सोही पाटीँमा क्रियाशील हुनु भएको थियो । पुनः २०५७ सालमा नेकपा एमालेमा प्रवेश गर्दा जिल्ला सचिवालय सदस्य हुनुभयो । आठौँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार भई गएको र नवाँै महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य निर्वाचित हुनु भएको थियो ।
वर्मा समूहमा रहँदा उहाँले नेपालका सबै कम्युनिष्ट पार्टीहरुलाई एउटै बनाउनुपर्छ भन्ने प्रस्ताव ल्याउनु भयो २०४७ सालमा राजविराजमा भएको सो समूहको राष्ट्रिय भेलामा उहाँले सो प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । उक्त भेलामा झापाका भवानी घिमिरे, सुनसरीका वंशी मोक्तान, खोटाङका हरि रोक्का र धनुषाका यधुवंश झा लगायत ६०५ प्रतिनिधिहरुले सो प्रस्तावलाई समर्थन गर्दै नेकपा एमालेसँग पार्टी एकीकरण गर्नुपर्छ भनेर आवाज उठाउनु भयो । यद्यपि तत्कालीन नेकपा(वर्मा) समूहका महासचिव कृष्णराज वर्मालगायत नेताहरुले स्वीकार गर्नुभएन । उहाँहरुले त्यही भेलाबाट विद्रोह गरी उहा सहित भवानी घिमिरे,वंशी मोक्तान र हरि रोक्का काठमाण्डौ गई नेकपा एमालेका महासचिव मदन भण्डारीसँग वार्ता गरी देशैभरिका धेरैजसो वर्मा समूह त्याग गरी एमाले प्रवेश गर्नु भएको हो ।

जेलनेल :
२०३६ सालमा दुःखी गरिब जनताको हकहितमा आवाज उठाउँदा तत्कालीन राज्यव्यवस्थाको विरोध गरेको ठहराई प्रशासनले पक्राउ गरी प्रहरी हिरासतमा बस्नु परेको । २०४२ सालमा पनि पुनः प्रहरी हिरासत भोग्नु परेको । २०४२ सालको सिंहदरबार बम काण्डमा सहभागी भएको आरोपमा पक्राउ परी दुई महिनासम्म प्रहरी हिरासतमा कठोर यातना सहनु परेको थियो । २०४३ सालमा गरिब दःुखी जनता पक्षमा बोल्दा पटक पटक प्रहरीको तारो बन्नु परेको र पक्राउ परी हिरासतमा कठिन दिनहरु बिताउनु परेको थियो । उहाँले २०४६ सालमा पञ्चायती व्यवस्थाको विरोधमा उठेको आन्दोलनको अगुवाई गर्नुभएको थियो । तर, आन्दोलन उत्कर्षमा पुर्याइरहँदा उहाँलाई प्रहरीले पक्राउ गर्यो । आन्दोलन सफल भएर २०४६ साल चैत्र २६ गते नेपालमा बहुदलको घोषणा भइरहँदासम्म उहाँ प्रहरी हिरासतमा हुनुहुन्थ्यो ।

संसदीय फाँटः
२०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार भई तत्कालिन प्रधानमन्त्री एवम् नेपाली काँगे्रसका सभापति,काँग्रेस उम्मेदवार गिरिजाप्रसाद कोइरालासँग सुनसरी क्षेत्र नं ५ बाट चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको थियो तर पराजित हुनुभयो । तत् पश्चात् २०५३ को उपनिर्वाचनमा पुनः उम्मेदवारी पाई नेपाल काँग्रेसका उम्मेदवार हरि सापकोटालाई भारी मतले पराजित गरी २०५३÷१०÷१२ गते नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनुभयो ।
२०७४ साल मंसिर २४ गते सुनसरी क्षेत्र नं.४ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित
२०७४ साल फागुन ३ गतेबाट प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको पदबहाली गर्नु भई हाल यो मन्त्रालय सम्हालिरहनु भएको छ ।

विद्यार्थी जीवनः
प्रारम्भिक शिक्षा आफ्नै जन्म स्थान सुनसरीबाट भएको हो । स्कुलबाट कक्षा ७ पास गरी माविको शिक्षा हासिल गर्न सप्तरीको हनुमाननगरमा अवस्थित श्री महावीर माध्यमिक विद्यालयमा भर्ना हुनुभयो । त्यहाँ पढ्दा पढ्दै बाम विद्यार्थी राजनीतिमा सक्रिय हुँदै २०३५ सालमा एस.एल.सी. उतीर्ण गर्नुभयो । विद्यार्थी जीवनमा नै सुरु भएको राजनीतिक जीवनमा उहाँले कहिल्यै आराम गर्नु भएन र खाली बस्नु भएन । उबेलाको वाम विद्यार्थीहरुको संगठन नेपाल राष्ट्रिय विद्यार्थी संगठनको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । त्यसैबाट अगाडि बढेर नेकपा वर्मा समूहको प्रथम राष्ट्रिय युवा संघ (प्ररायु संघ) को केन्द्रीय सदस्य हुनुभयोे । देशमा निरंकुशताको दबदबा चलिरहेकोले यहाँ बस्न नसक्ने वातावरण सिर्जना भएकोले उहाँ भारतमा प्रवासी जीवन बिताउन वाध्य हुनुभयो । भारतमा प्रवासित जीवन बिताइरहँदा पनि अध्ययनलाई अगाडि बढाइरहनु भयो । भारतको बिहार राज्यको सोपाल जिल्लामा अवस्थित वीरपुरको ललित नारायण झा विद्यालयबाट विज्ञानको क्षेत्रबाट आई.एस्सी. उतीर्ण गर्नुभयो ।
विद्यार्थी जीवनमै रहँदा २०४२ सालमा सिंहदरबारमा बम काण्ड हुदाँ त्यसमा सक्रिय सहभागी भएको अभियोग उहाँको मित्र साकेत चन्द्र मिश्रलगायत केही साथीहरुलाई तत्कालीन प्रशासनले गोली हानी हत्या गर्यो । त्यसपछि उहाँलाई पनि “तिम्रो साथीहरुलाई मार्यौँ अब तिम्रोे पालो हो” भन्दै दुई महिनासम्म कठोर मानसिक र शारीरिक यातना दिँदै सुनसरी जिल्ला प्रहरी कार्यालय इनरुवा कार्यालयबाट मुक्त गरियो ।

समाज सेवा
२०६५ सालमा भदौ २ गते कोशी नदीको बाँध फुटेर नदी गाउँ पसेको बेलामा निरन्तर डुंगा परिचालित गरी, हेलिकप्टरबाट उद्धार कार्यमा लाग्नु भएको । कोशी पीडितहरुलाई राहत क्षतीपूर्ति, जग्गा जमिनको मुअब्जा दिलाउन निरन्तर संघर्षशील भई उक्त कार्यमा सफल हुनु भयो