नयाँ बर्ष २०७७ को शुभकामना

हामी नोबेल कोरोना भाइरस भनिने कोभिड १९ले विश्वमा पारिररहेको भयावहको स्थिती र नेपालमा यसको संक्रमणबाट बच्नका लागि जारी गरिएको लकडाउनको अवस्थामा नयाँ वर्ष २०७७ को स्वागत गरिरहेका छौ ।मुलुकका लागि आईपरेको यो अकल्पनीय विपत्तको घडीमा हामी सारा नेपालीले एक आपसमा सहयोग सद्भाव, सचेतना, सावधानी र लकडाउनको पूर्ण पालना गरे नयाँ वर्ष हाम्रालागि सुखद् हुदै जानेछ ।नयाँवर्ष २०७७ को उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । कोरोना विरुद्धको जितसँगै नयाँ वर्षलाई सुखद बनाउदै आर्थिक समृद्धि र विकास हासिल गर्न हामी सवैलाई नयाँ वर्षबाट प्रेरणा मिलोस ।