नयाँ वर्षको अवसरमा शुभकामना सन्देश

नयाँ बर्ष २०७६ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्यसहित अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद र उपलब्धिमूलक बन्न सकोस भन्ने कामना गर्दछु ।

देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमण समाप्त भएको छ । राजनीतिक परिवर्तन मार्फत प्राप्त ऐतिहासिक उपलब्धिसँगै देशमा आर्थिक—सामाजिक रुपान्तरणसहित समृद्धितर्फको यात्रालाई तिब्र गतिमा अगाडि बढाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउने हामी सबैको साझा जिम्मेवारी र दायित्व हो ।

वर्ष २०७५ संविधान र संघीयता कार्यान्वयनको महत्वपूर्ण एंव प्रदेश सरकारको लागि महत्वपूर्ण आधार निर्माण गर्ने वर्षको रुपमा रह्यो । भर्खरै र पहिलो पटक गठन भएको प्रदेश सरकार प्रदेशको आर्थिक सामाजिक रुपान्तरण सहित आम जनताको जीवनस्तर सुधार गर्दै विकास र समृद्धि गर्न दृढ संकल्पित रहेको विश्वास दिलाउन चाहन्छु ।
हाम्रो प्रदेशमा भएका स्रोत, साधन र प्रचूर प्राकृतिक सम्पदालाई समुचित प्रयोग गर्दै प्रदेशलाई समृद्ध एंव समुन्नत वनाउने दायित्व हाम्रो काँधमा आएको छ । नयाँवर्ष २०७६ विकास र समृद्धिको जग बसाउने स्मरणीय वर्षका रुपमा अंकित हुने मैले विश्वास लिएको छु । साथै यसका लागि सबैले आ—आफ्नो क्षेत्रबाट योगदान पु¥याउने अपेक्षाका साथै विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानलाई तीव्रता दिन म हार्दिक अपील गर्दछु ।

अन्त्यमा, नयाँ आशा, उमंग र उत्साह सहित नयाँवर्ष २०७६ ले खुसीको संचार सहित सुदृढ राष्ट्रिय एकता, विकास र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।