पर्यटनमन्त्रीद्वारा राहत वितरण सुरु

विराटनगर । प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैतज्युले प्रदेशकै अति बिकट क्षेत्रदेखि राहत वितरण थाल्नु भएको छ । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ मा मन्त्री कुसियैतले राहत वितरण थाल्नु भएको हो ।

बराह क्षेत्र नगरपालिकाका ६ वटा वडा, रामधुनी नगरपालिकाको १ वडा, इनरुवा नगरपालिकाको ३ वटा वडा, कोसी गाउँपालिकाका सबै वडामा राहत बितरण गरिएको छ । मन्त्री कुसियैतले निर्वाचन क्षेत्र ४ अन्तरगतका ३२ वटा वडामा आफैं पुगेर वडाहरुलाई राहतको रुपमा चामल र नगद नै उपलब्ध गराइएको छ । यो राजनीतिक प्रचारप्रसार नभई मानवीय दायित्व रहेको उहाँले भन्नु भयो ।

मन्त्री कुसियैतले आफूले एक वर्षसम्म राज्यकोषबाट पाउने सेवा सुविधाबाट राहत वितरण सुरु गरिएको बताउनु भयो । हरेक वडामा १५ सय किलोको चामल उपलब्ध गराइएको छ । प्रत्येक वडामा प्रतिपरिवार १० किलोको दरले १५० परिवारलाई पुग्नेगरी राहतमा चामल उपलब्ध गराईएको कुसियैतले जानकारी दिनुभयो ।

एक वर्षको सेवा सुविधा करिब ६ लाख हुनेमा १ महिनाको रकम प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषलाई हस्तान्तरण गरिएको र बाँकी रकम निर्वाचन क्षेत्र अन्तरगत भोकै बस्नु पर्ने बाध्यतामा रहेका जनतालाई लक्षित गरी बितरणको काम थालिएको मन्त्री कुसियैतले बताउनुभयो ।अन्न कै कारण कोहि पनि जनता भोकै मर्न नपर्ने उहाँको भनाइ थियो साथै अरु दानबिरहरुलाई यस्ता बिकट छेत्र राहात वितरण गर्न उहाँले आव्हान गर्नु भयो ।

बराह क्षेत्रका ६ वटा वडालाई पुग्नेगरी नगरपालिकामा मेयर निलम खनाललाई १ लाख ५० हजार नगद हस्तान्तरण गरिएको छ भने रामधुनी नगरपालिकाको एउटा वडालाई ३० हजार नगद दिईएको मन्त्री कुसियैतले बताउनुभयो । अन्य वडामा भने चामल नै पुर्याईएको छ । मन्त्री कुसियैत खाद्यान्नको सामाग्रीसहितको ट्रक लिएर वडा वडामा पुग्न थालेका हुन् ।

कोशी गाउँपालिकाले वितरण गरेको प्लास्टिकको चामल र कुहिएको दालमा स्थानीयले बिरोध जनाएपछि मन्त्री कुसियैतले राहतको चामल बोकेर आफ्नो निर्वाचन क्षेत्रमा पुग्नु भएको हो । यस्तो कठिन अवस्थामा पनि स्थानीय तहको यस्तो हर्कत तुरुन्त रोक्न सम्बन्धित स्थानीयहरुलाई निर्देशन दिनु भएको थियो ।

https://hamromat.com/2020/04/30/7670.html?fbclid=IwAR310F2yqdWm_HoFGUbyq7OoYp86Dinvwj6zhvSxrhLvdmFboBc9Ml0MH1g