पुष्प व्यवसायलाई उद्योगको रूपमा स्थापना गर्नुपर्छः जगदीशप्रसाद कुसियत

धरानः प्रदेश नम्बर एकका पर्यटनमन्त्री जगदीश प्रसाद कुसियतले पुष्प व्यवसायलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताएका छन् । धरानमा आयोजित प्रदेश १ स्तरीय पुष्पमेलालाई सम्बोधन गर्दै मन्त्री कुसियतले भारतीय फूलमा भर पर्नुपर्ने प्रथाको अन्त्य गर्दै आत्मनिर्भर बन्नु पर्ने बताएका हुन् ।

मेलाका संयोजक तथा एसोसियन सुनसरीका अध्यक्ष प्रेमप्रसाद पराजुलीले नेपालको हावापानीअनुसार फूलमा आत्मनिर्भर बन्न सकिने बताए । ‘फुलको माग संसारभर भएको हुँदा हामीले फुल मात्र नभई बिरुवा समेत बेच्न सकिन्छ’ उनले नेपालको फुलको माग युरोपमा भएको हुँदा सरकारी निकायले विशेष पहल थाल्नुपर्ने बताए ।

उदयपुरको बेलका नगरपालिका मेयर दुर्गा थापा, झापाको दमक नगरपालिकाका मेयर रोम ओली र धरान उपमहानगरपालिकाका कार्यवाहक मञ्जु भण्डारी लगाएतले कार्यक्रममा पुष्प खेतीको महत्त्वको बारे बोलेका थिए ।

मङ्गलवार देशी सुरु भएको तेस्रो पुष्प मेलामा पूर्वका विभिन्न पुष्प व्यवसायीहरूले ४ सय भन्दा बढी प्रजातिका फुल प्रदर्शनीमा राखेका छन् । ३२ स्टल रहेको मेलामा ६० लाख बढीको कारोबार हुने प्mलोलिकल्चर एसोसियन सुनसरीले जनाएको छ । अघिल्लो साल ५० लाखको कारोबार गरेको मेलामा यो पटक राम्रो कारोबार हुने आयोजकको विश्वास छ । मेलामा इलाम, धनकुटा, मोरङलगायतका स्टलहरू रहेका छन् ।