विश्व पर्यटन दिवस-२०२० को शुभकामना

विश्व पर्यटन दिवसका अवसरमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री माननीय जगदीशप्रसाद कुसियैतले दिनुभएको शुभकामना सन्देश
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,
आज सेप्टेम्बर २७ तारिख(असोज ११ गते) ४१ औँ विश्व पर्यटन दिवस ‘पर्यटन र ग्रामीण विकास’ भन्ने मूल नाराका साथ मनाइँदैछ । नेपालको लागि पनि यो नारा सान्दर्भिक मानिएको छ किनभने नेपालमा संघीयतामा आधारित राज्यव्यवस्था आइसकेको र प्रसस्तै ग्रामीण पर्यटनको संभावना पनि छ, । वास्तवमा ग्रामीण क्षेत्रका पर्यटकीय स्थल तथा अन्य पर्यटकीय आकर्षणको पहिचान,प्रोत्साहन,प्रवद्र्धन र प्रचार गर्न सकियो भने नेपाली पर्यटन उद्योग अझै माथि उक्सिने विश्वास गरिएको छ ।
नेपाल विदेशी पर्यटकहरुका लागि रोजाइको गन्तव्य हो एकातिर भने अर्कातिर आन्तरिक पर्यटन पनि हरेक वर्ष वृद्धि हुँदै आउनु सुखद कुरा हो । पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा बलियो टेवा दिँदै आएको छ । अद्वितीय प्राकृति, साहसिक खेल तथा यात्राहरुको उपयुक्तता,अग्ला हिमशिखरहरु,जैविक विविधता, जलसम्पदा,साँस्कृतिक तथा धार्मिक सम्पदा र तिनीहरुको विविधता भएको कारणले नेपालमा पर्यटकहरुको उपस्थिति उलेख्य भएको हो । यहाँ हरेक साल करिब १२ लाख विदेशी पर्यटकहरु आउने गरेको तथ्यांक छ । यस्ता सम्पदाको संरक्षण,प्रर्वद्धन र विविधिकरण गर्दै पर्यटकीय स्थलको रुपमा विकास गरी राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारको रुपमा यस पर्यटन क्षेत्रलाई विकास गर्ने नीति नेपाल सरकारले लिएको छ ।
“संमृद्घ नेपाल – सुखी नेपाली” को राष्ट्रिय दृष्टिकोण आत्मसात गरी, दिगो विकास लक्ष्य (सन् २०१६–२०३०) अघि सार्दै जनभावनासँग आवद्घ प्रदेश १ सरकारले विकास गरेको दीर्घकालीन सोच “स्वच्छ,सुखी र समुन्नत प्रदेश” लाई कार्यान्वयन गर्न महत्वपूर्ण खाका तयार गरेको छ । प्रदेश सरकारले उद्योग,पर्यटन वन तथा वातावरण क्षेत्रमा विकास र सुशासनलाई उच्च प्राथमिकतामा राखेको छ । मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान दुई दशमलव ०५ प्रतिशत रहेको छ । पर्यटन क्षेत्रको आयमध्ये आन्तरिक पर्यटन र अन्तर्राष्ट्रिय पर्यटनको योगदान क्रमश ः ५७ प्रतिशत र ४३ प्रतिशत रहेको छ । पर्यटनबाट हाम्रो प्रदेशको कुल गार्हस्थ उत्पादनमा एक दशमलव ९३ प्रतिशत योगदान रहेको छ । यस क्षेत्रमा करिव ३२ हजार जनाले रोजगार प्राप्त गरेको देखिन्छ । प्रदेशमा १३ वटा मुख्य पर्यापर्यटन गन्तव्य रहेका छन । नेपाल सरकारले पहिचान गरेका १०० वटा प्रमुख पर्यटकीय स्थलमध्ये १६ वटा यस प्रदेशमा पर्दछन् । यस प्रदेशका प्रत्येक जिल्लाको फरक पर्यटकीय पहिचान समेत रहेको छ । ‘पर्यटन क्षेत्रको दिगो विकास ः प्रदेश समृद्घिको आधार’ भन्ने प्रदेश सरकारको नारालाई सार्थकता दिन विभिन्न रणनीति र कार्यनीति तय गरिएको छ । पर्यटकीय गन्तव्यहरुको पहिचान र प्रवद्र्धन, पर्यटन सेवाको व्यवसायीकरण र स्तरोन्नति, पर्यटनको ब्रान्डिङ, एकीकृत पर्यटकीय विकास,भोजपुर– खोटाङ मन्धुम पदमार्ग र संघीय सरकार अनि अन्य प्रदेश सरकारसँगको सहकार्यमा प्रस्तावित ताप्लेजुङदेखि दार्चुलासम्मको हिमाली पदमार्ग निर्माणजस्ता नीति तथा कार्यक्रम प्रदेश १ सरकार उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले तय गरेको छ ।
हाम्रो प्रदेशमा पर्यापर्यटन,पर्वतारोहण, भूस्वरुप तथा जैविक विविधतामा आधारित पर्यटनको थप संभावना भएकोले सोको पहिचान तथा प्रवद्र्धनमा ध्यान दिइएको छ ।
पर्यटन विकासको लागि निजी क्षेत्रको योगदान उल्लखनीय रहिआएको छ । यस प्रदेशलाई सार्थक सम्मुनत बनाउन निजी तथा सामुदायिक क्षेत्रसँग हातेमालो गरी पदयात्रा, जलयात्रा होटल,रिसोर्ट,बार,पार्टी प्यालेस आदिलाई गुणस्तरीय बनाउन आवश्यक देखिएकोले यी निकायहरुसँगका छलफलपछि पर्यटन ऐन,पर्यटन नियमावली जारी गरिसकेका छाँै ।
गत वर्षबाट विश्वभर फैलिएको कोभिड–१९ महामारीले पर्यटन क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । यसै कारणबाट नेपाल भ्रमण वर्ष २०२० स्थगन गर्नुप¥यो । अबको पर्यटन विकासलाई कसरी बढावा दिने साथै नयॉ प्याकेजहरुको बारेमा सरोकारवालाहरुसँग परामर्श र सहकार्य गरी एउटा ठोस निर्णय गर्नुपर्ने व्यवस्थाको लागि म लागिपरेको छु । अझै पनि विश्वमहामारीको सामना गरिहनुपरेको यस घडीमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्य आचारसंहिताको पूर्णतया पालना गर्न आग्रह गर्दछु । कोभिड– १९ बाट थलिएको पर्यटन क्षेत्र विस्तारै उक्सिने विश्वास एवम् उकास्ने पहल गर्दै विश्व पर्यटन दिवसको उपलक्ष्यमा सम्पूर्ण प्रदेशबासीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।