होली पर्व (फागु पूर्णिमा) को शुभकामना।

होली पर्व (फागु पूर्णिमा)को अवसरमा प्रदेश नं.१ का उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री मा. जगदीशप्रसाद कुसियैतले दिनुभएको शुभकामना सन्देश।

आदरणीय प्रदेशबासी दाजुभाइ तथा दिदीबहिनीहरु
यही चैत्र १५ र १६ गते रंगको पर्व भनेर होली अर्थात् फागु पूर्णिमा नेपालभरि मनाइदैछ । एक आपसमा रङ्ग आदान प्रदान गरेर मनाइने यो पर्वको धार्मिक, पौराणिक, साँस्कृतिक तथा सामाजिक महत्व उल्लेखनीय छ । साथै यो पर्वले हामी विभिन्न जातजाति, धर्म,पुस्ता र भूगोलका मानिसहरुलाई एकतावद्ध पनि गराएको छ । पहाड र तराईमा अलग अलग दिन मनाइएता पनि यसले सबैको भावनालाई एक सूत्रमा उनेको छ । हरेक वर्ष होली पर्वमा नयाँ उमङ्ग तथा आयामहरु थपिँदै आएका छन् र यसमा हुने सहभागिता समेत बढ्दै आएको छ ।


होलीमा प्रयोग गरिने रङ्गहरु कतिपय गुणस्तरहीन र स्वास्थ्यका लागि हानिकारक हुन्छन् । यस्ता रङ्गमा हुने गह्रौँ धातुका पदार्थहरुले स्वास्थ्यमा धेरै नोक्सानी गर्ने भएकोले जस्तोसुकै रङ्ग प्रयोग नगर्न आग्रह गर्दछु ।

विश्वभर फैलिएको संक्रामक रोग कोभिड–१९ का कारण गत वर्ष उल्लासमय हुन नसकेको होली पर्व यसपालि पनि कोभिडकै कारण प्रभावित बन्न पुगेको छ । धेरै भिडभाड गर्न नहुने अवस्था भएको कारण खुला रुपमा होली पर्व नमनाउन आग्रह गर्दछु । तसर्थ परिवारभित्र मात्रै, घरभित्र मात्रै दूरी कायम गरी होली पर्व मनाउन अग्रह गर्दैै सम्पूर्ण प्रदेशबासी,देशबासी र विदेशबासी दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।